काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रामेश्वर प्रसाद बस्याललाई नियुक्त गरेको छ । बैंक सञ्चालक समितिले उनलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
सन् २००५ देखि सिद्धार्थ बैंकमा आबद्ध भएका उनले प्रबन्धकदेखि सुरु गरी वरिष्ठ प्रबन्धक, सहायक महाप्रबन्धक, नायव महाप्रबन्धक, सहायक प्रमुख कार्यकारी अधिकृत र नायव प्रमुख कार्यकारी अधिकृतसम्मको नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका छन् ।
आफ्नो साढे तीन दशक लामो करियरमा बस्यालले सन् १९८९ देखि २००५ सम्म नबिल बैंक लिमिटेडमा विभिन्न जिम्मेवार पदहरूमा रहेर कार्य गरेका थिए ।


