काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले २३ हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले यसअघि संस्थापक सेयरधनी र त्यसपछि सर्वसाधारणका लागि सेयर बिक्री खुला गर्दा सेयर खरीदका लागि निवेदन प्राप्त नभएपछि पुनः सबैले किन्न पाउने गरी बिक्रीमा राखेको हो ।
कम्पनीले सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३९० रुपैयाँ तोकेको छ । सेयर किन्न इच्छुक खरीदकर्ताले आवश्यक कागजात सहित आगामी ७ दिनभित्र काठमाडौंको मध्यबानेश्वरस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ ।



