काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य ४ हजार १ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी ब्यवसाय महांसघका अनुसार सुन प्रतितोला २ लाख ७४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च मूल्य हो । आइतबार सुन प्रतितोला २ लाख ७० हजार ६ सय रुपैयाँ थियो ।
चाँदी भने २०५ रुपैयाँले बढेर नयाँ रेकर्ड कायम गरेको छ । बजारमा चाँदी प्रतितोला ५ हजार १९५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । आइतबार चाँदी प्रतितोला ४ हजार ९९० रुपैयाँ थियो ।


