काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको बन्दसत्रमा महामन्त्री गगन थापाले राजनीतिक अर्थशास्त्रले राजनीतिक स्थिरता र नीतिगत निरन्तरताले मात्र आर्थिक रुपान्तरण सम्भव हुने बताएका छन् । उनले राजनीतिक अर्थशास्त्रले राजनीतिक स्थिरता र नीतिगत निरन्तरताले मात्र आर्थिक रुपान्तरण सम्भव हुन्छ भन्ने आधारभुत मान्यता राख्दछ । तर नेपालमा राजनीतिक अस्थिरताको कारण संरचानात्मक सुधार, नीजि क्षेत्रको आकर्षण, औद्योगिकरण, रोजगारीको सृजना, उद्यमशिलताको विकास जस्ता सवालमा उल्लेख्य मात्रामा सुधार हुन सकेन। स्वदेशमा रोजगारी र उद्यमशिलताको अभावको कारण हाम्रो देशका नवयुवा श्रमको लागि देश छाड्न बाध्य भएको बताए । आजको दिनमा नेपाली कांग्रेसले अपेक्षाकृत रुपमा दीर्घकालिन आर्थिक समस्याको समाधानमा योगदान गर्न नसकेको यथार्थतालाई स्विकार गर्नुपर्ने उनको भनाई छ ।
उनले अघि भने, ‘नेपालको अर्थतन्त्र २०४८–५० को आर्थिक सुधारले बसालेको जगमा अडेको छ । राजनैतिक अस्तिरता ससस्त्र द्वन्दले देशले अपेक्षित आर्थिक विकासको गति पकड्न सकेन र जुन जग बसेको थियो त्यसको. प्रतिफल नागरिकलाई उपलब्ध गराउन सकिएन । राजनीति, प्रशासन र बिचौलियाको अपवित्र त्रिकोणीय गठबन्धनका कारण सिमितले मात्रै लाभ लिने वातावरण विकसित हुदै गयो । गरी खान पाउने र आर्थिक अवसरको अनुभूति साधारण नागरिकले गर्न पाउने स्थिति रहेन । नेपालमा केहि गरेर नेपालमै भविष्य बनाउन सकिन्छ भन्ने कुराको विश्वसनीयता क्षीण हुदै गयो ।’


