CLI

५.५४ अंकले घट्यो नेप्से, कारोबार रकम भने बढ्यो

काठमाडौं । सोमबार नेप्से परिसूचक ५.५४ अंकले घटेको छ । बजार २६३५.० अंकमा पुगेर बन्द भएको छ । यस दिन ३३३ वटा कम्पनी ७८ हजार ८०८ पटक कारोबार हुँदा १ करोड २३ लाख ९ हजार कित्त सेयर खरिदबिक्री भएको हो । कारोबार रकम भने ६ अर्ब ४७ करोड २६ लाख पुगेको छ। अन्तिम कारोबार बहिबारको तुलनामा यो रकम १ अर्ब ५६ करोड ४६ लाख बढि हो । बहिबार करोबार रकम ४ अर्ब ९० करोड ८० लाख रुपैयाँ थियो ।

यस दिन ९ वटा उप समूह घटेका छन् भने ४ वटा बढेका छन् । बैंकिङ ०.२५ प्रतिशत, वित्त ०.५३,जलविद्युत ०.११,लगानी ०.४२, जीवन बीमा ०.१८,लघुवित्त०.६६,निर्जीवन बीमा ०.१४,अन्य समूह ०.२९ र व्यापार समूह १.१६ प्रतिशतले घटेका छन्। विकास बैंक ०.०२,होटल्स तथा पर्यटन समूह ०.१०,उत्पादन र प्रशोधन १.०२,म्युअुचल फण्ड०.११ प्रतिशतले प्रतिशतले बढेका छन् ।

यस दिन एसवाई प्यानल नेपाल र श्रीनगर एग्रीटेक इन्डष्ट्रीजको १० प्रतिशतले बढेको हो। त्यस्तै, यस दिन रसुवागढी हाइड्रोपावर कम्पनी ८.५३ प्रतिशत बढेको छ भने सिटिजन्स म्युचुअल फण्ड ‍२ ५.८५ प्रतिशत बढेको छ ।

कारोबार रकमको आधारमा यस दिन एसवाई प्यानल नेपाल पहिलो स्थानमा रहेको छ। यस कम्पनीको  ४२ करोड २२ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ। त्यस्तै, राधी विद्युत कम्पनीको ३१ करोड ५७ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ भने मञ्जुश्री फाइनान्सको कारोबार रकम २७ करोड ८१ लाख ३१ हजार  रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार