CLI

नेप्से पुनर्संरचनासम्बन्धी अध्ययन समितिको प्रतिवेदन अर्थमा पेश

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई थप सुधार र व्यवस्थित बनाउने उद्देश्यसहित गठित उच्चस्तरीय अध्ययन समितिले आफ्नो प्रतिवेदन अर्थ मन्त्रालयमा बुझाएको छ ।

समितिका संयोजक प्रकाशजंग थापाको नेतृत्वमा सोमबार अर्थमन्त्री रामेश्वर खनाललाई भेटी नेप्से पुनर्संरचनासम्बन्धी सुझावसहितको प्रतिवेदन औपचारिक रूपमा हस्तान्तरण गरिएको हो।

गत शुक्रबार नै मन्त्रालयमा दर्ता गरिएको प्रतिवेदनबारे सोमबार समितिका पदाधिकारीहरुले अर्थमन्त्रीसमक्ष विस्तृत ब्रिफिङ गरेका छन्। ब्रिफिङका क्रममा अर्थमन्त्री खनालले प्रतिवेदनलाई गहिरो रुपमा अध्ययन गरेपछि मात्रै आवश्यक निर्णय र प्रक्रिया अघि बढाइने बताएका छन्। हालसम्म प्रतिवेदन सार्वजनिक गरिएको छैन।

५० दिनको समयसीमा पाएको समितिले नेप्सेको पुनर्संरचनाका लागि तत्काल, मध्यकालीन र दीर्घकालीन रूपमा कार्यान्वयन गर्न सकिने विभिन्न विकल्पसहित प्रतिवेदन तयार गरेको हो। प्रतिवेदनमा नेप्सेको हालको संरचना, स्वामित्व, पूँजी, व्यवस्थापन तथा प्रविधिगत पक्षमा व्यापक सुधार आवश्यक रहेको निष्कर्ष निकालिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार