CLI

गैह्र आवासीय नेपाली नागरिकलाई नागरिकता मतदानको अधिकार दिन ढिलाई भयो : विश्वप्रकाश शर्मा

काठमाडौं ।  नेपाली कांग्रेसको विशेष महाधिवेशनको बन्दसत्रमा महामन्त्री विश्वप्रकाश शर्माले गैह्र आवासीय नेपाली नागरिकले देशको विकासमा योगदान गर्न अपेक्षा गरेको नागरिकता, मतदानको अधिकार र लगानी सहजीकरणको विषयलाई उपयुक्त सम्बोधन गर्न विगतमा कमजोरी, गल्ती र ढिलाइ भएको बताएका छन् ।

गैह्र आवासीय नेपाली नागरिकले देशको विकासमा योगदान गर्न अपेक्षा गरेको नागरिकता, मतदानको अधिकार र लगानी सहजीकरणको विषयलाई उपयुक्त सम्बोधन गर्न विगतमा कमजोरी, गल्ती र ढिलाइ भएको छ बताउँदै उनले भने यी कुुरालाई आत्मसाथ गर्दै संविधानको भावना र सम्मानित सर्वोच्च अदालतको आदेश बमोजिमको बन्दोबस्त मिलाउन सहजीकरण, दबाब र नेतृत्वको भूमिका निभाउने संकल्प बिशेष महाधिवेशनमार्फत् गर्दछु ।

साथै उनले विशेष महाधिवेशनमार्फत् सरकार, डायस्पोरामा रहेका गैह्र आवासीय नेपाली अनि निजिक्षेत्र गासेर यो परियोजनामा अघि बढाउन आगामी सरकार र संसदलाई अपील गर्ने बताए ।

उनले आर्थिक विकासका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्न ढिलाई भएको बताएका छन् । बुढीगण्डकी परियोजना निर्माणका लागि रेडि टु टेक अफ स्थितिमा छ। फेवातालभन्दा १५ गुणा ठूलो ताल बन्ने, १२ सय मेगावाटको बिधुत उत्पादन हुने, नेप्लिज फल्स निर्माण गरेर पर्यटनलाई बल पुग्ने, बगेको पानी चितवनमा संकलन गरेर मधेसको पिउने पानी, सिंचाइ र सुख्खा समस्या हल हुने यस्तो परियोजना निर्माण शुरु गरेर नागरिकमा आशा जगाउन ढिलाइ गर्नु हाम्रो गल्ती थियो । सुशासनको अभाव र हाम्रो शासकीय कमजोरीले यसको लगानी सुनिस्चितता हुन नसकेको निर्विवाद रहेको उनको भनाई छ ।

चुनाव हुने, नयाँ सरकार बन्ने तर प्रधानमन्त्री पुरानै हुने, डेढ दशक यता हामीले निरन्तर यो अभ्यास गर्दै आयौं । यसले एकातर्फ नागरिकमा असन्तुष्टि बढायो, नेतृत्वलाई अलोकप्रिय बनायो, अर्कातर्फ सार्थक परिणाम पनि दिन सकेन महामन्त्री शर्माले भने बिगतको गल्ती सच्याउँदै यो बिशेष महाधिवेशनमा उद्घघोष गर्दछ्– नेपाली काँग्रेसको तर्फबाट भविष्यमा कोही पनि दुइपटक भन्दा बढी प्रधानमन्त्री बन्ने छैनन् । दुई पटक मात्रै ।

Leave Your Comment

Related News