CLI

मुलुक ‘श्रीलंका बन्ने’ त्रासका कारण व्यवसायीहरू पूर्णतः हतोत्साहित भएका थिए : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा देशको वर्तमान आर्थिक संकट र नागरिकमा छाएको निराशाको प्रस्तुत गरिएको छ। महामन्त्री विश्वप्रकाश शर्माले आर्थिक मन्दी र आत्मदाहको सन्देश प्रतिवेदनमा पछिल्लो समय मुलुक ‘श्रीलंका बन्ने’ त्रास र बढ्दो आर्थिक मन्दीका कारण साना व्यवसायीहरू पूर्णतः हतोत्साहित भएको बताएका छन् ।

महामन्त्री शर्माले  इलामका प्रेम आचार्यले संसद भवन अघि गरेको आत्मदाहलाई राज्यप्रतिको चरम निराशा र ‘आत्मविद्रोह’ को संज्ञा दिँदै यसले नागरिकको छटपटीलाई उजागर गरेको बताएका छन्।

उनले भने,‘ बेरोजगारी र महँगीको मार न्यून आर्थिक वृद्धि दर, आकासिँदो महँगी र स्वदेशमा रोजगारीको अभावका कारण युवा पुस्तामा राज्यप्रति तीव्र असन्तुष्टि बढेको प्रतिवेदनको निष्कर्ष छ। ३४ वर्षमा ३० पटक सरकार परिवर्तन हुँदा नीतिगत स्थिरता कायम हुन नसक्नु र राजनीतिक लाभका लागि लहडमा बजेट विनियोजन गर्ने प्रवृत्तिका कारण विकासको गति सुस्त भएको ठहर गरिएको छ। ’

Leave Your Comment

Related News