CLI

नबिल बैंकको अध्यक्षमा निर्वाण चौधरी

काठमाडौं । नबिल बैंकको सञ्चालक समितिको अध्यक्षमा निर्वाण चौधरी चयन भएका छन् । सोमबार बसेको सञ्चालक समितिको ६९९औं बैठकले बैंक सञ्चालक समितिको अध्यक्षमा सञ्चालक निर्वाण कुमार चौधरीलाई चयन गर्ने निर्णय गरेको हो ।

यता, बैंकको सोमबार सम्पन्न वार्षिक साधारणसभाले संस्थापक सेयरधनीतर्फबाट सञ्चालक समितिमा संस्थापक शेयरधनी समूहको प्रतिनिधित्व गर्ने एक सञ्चालक पदमा अनिल केशरी शाहलाई निर्विरोध निर्वाचित गरेको छ ।

Leave Your Comment

Related News