CLI

सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य १ हजार ८ सय रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको छ। नेपाल सुनचाँदी ब्यवसाय महांसघका अनुसार सुन प्रतितोला २ लाख ७६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन प्रतितोला २ लाख ७४ हजार ७ सय रुपैयाँ थियो ।

चाँदी पनि १४५ बढेर नयाँ रेकर्ड राखेको छ । बजारमा चाँदी प्रतितोला ५ हजार ३४० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । आइतबार चाँदी प्रतितोला ५ हजार १९५ रुपैयाँ थियो

Leave Your Comment

Related News