काठमाडौं । मंगलबार नेप्से परिसूचक ४.९० अंकले बढेको छ । बजार २६३९.९१ अंकमा पुगेर बन्द भएको छ । यस दिन ३४९ वटा कम्पनी ७७ हजार १७ पटक कारोबार हुँदा १ करोड ३६ लाख २४ हजार कित्त सेयर खरिदबिक्री भएको हो । कारोबार रकम भने ६ अर्ब ९९ करोड ४ लाख पुगेको छ । यो रकम सोमबारको तुलनामा ५१ करोड १० लाख रुपैयाँले बढी हो । सोमबार कारोबार रकम ६ अर्ब ४७ करोड २६ लाख रुपैयाँ थियो ।
यस दिन ७ वटा उप समूह बढेका छन् भने ६ वटा घटेका छन् । विकास बैंक ०.४१ अंकले बढेको छ । जलविद्युत १.०२ प्रतिशत, लगानी०.०४,म्युअुचल फण्ड०.४२,निर्जीवन बीमा ०.०७, अन्य समूह ०.७८ र व्यापार समूह ०.९८ प्रतिशतले बढेका छन् । बैंकिङ ०.१४,वित्त०.२९, होटल्स तथा पर्यटन समूह ०.४८, जीवन बीमा ०.१७, उत्पादन र प्रशोधन ०.२३ र लघुवित्त०.२० प्रतिशतले घटेका छन् ।
थ्रिस्टार हाइड्रोपावरको १० प्रतिशतले बढेको छ । दोर्दी खोला जलविद्युत कम्पनीको सेयरमूल्य ९.३८ प्रतिशतले बढेको छ भने सुपर मादी हाइड्रोपावरको सेयरमूल्य ९.०७ प्रतिशतले बढेको छ।
कारोबार रकमको अधारमा यस दिन राधी विद्युत कम्पनी पहिलो स्थानमा रहेको छ। ५४ करोड ६५ लाख रुपैयाँबराबरको कारोबार भएको छ। त्यस्तै, एसवाई प्यानल नेपालको ३४ करोड ८१ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ भने बुटवल पावर कम्पनीको कारोबार रकम २८ करोड १३ लाख रुपैयाँ नाघेको छ।


