CLI

हिमालयन लाइफको ५ लाख ३६ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्ना केही संस्थापक सेयरधनीहरूको नाममा रहेको सेयर बिक्रीमा राखेको छ । कम्प्नीले ५ लाख ३६ हजार २२५ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

कम्पनीले उक्त सेयर हाल कम्पनीकै विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको हो । अतः सो सेयर किन्न इच्छुक संस्थापक सेयरधनीले आगामी ३५ दिनभित्र कम्पनीको कानून विभागमा लिखित रूपमा जानकारी दिनु पर्नेछ । तोकिएको म्यादभित्र संस्थापक सेयरधनीबाट सेयर किन्नका लागि प्रस्ताव नआएमा सर्वसाधारणलाई बेच्न प्रक्रिया अघि बढाइने जनाएको छ ।

Leave Your Comment

Related News