CLI

सुनचाँदीको भाउ हालसम्मकै उच्च

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य हालसम्मकै उच्च भएको छ । बुधबार सुन तोलामा १५ सयले बढेर हालसम्मकै उच्च  विन्दुमा पुगेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा २ लाख ७८ हजार रुपैयाँ कायम भएको छ । मंगलबार सुन २ लाख ७६ हजार ५ सय रुपैयाँ तोलामा कारोबार भएको थियो ।

त्यस्तै चाँदी पनि तोलामा १४५ रुपैयाँले बढेर हालसम्मकै महंगो भएको हो । यसदिन ५ हजार ६६५ रुपैयाँ कायम भएको छ भने हिजो तोलामा ५ हजार ३४० रुपैयाँमा कारोबार भएको थियो ।

Leave Your Comment

Related News