CLI

स्रोत नखुलेको ५७ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ

काठमाडौं । सिन्धुलीमा स्रोत नखुलेको ठूलो मात्रामा अमेरिकी डलरसहित एक जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय खुर्कोट र सशस्त्र प्रहरीको संयुक्त टोलीले खुर्कोटमा चेकजाँचका क्रममा ५७ हजार डलर (नेपाली रुपैयाँ करिब ८२ लाख) सहित युवराज नेवारलाई पक्राउ गरेको हो ।

सिन्धुलीमा हिजो बेलुका नेपाल एसबिआई बैंकबाट लुटपाट भएपछि प्रहरीले राजमार्गमा कडाइ गरेको थियो। त्यसै क्रममा जाँच गर्दा अमेरिकी डलरसहित उनी पक्राउ परेका हुन् ।

सिन्धुलीको गोलन्जोर गाउँपालिका ७ माथिल्लो बजारस्थित चेकपोष्टमा सवारीसाधन चेक गर्ने क्रममा डलर भेटिएको प्रहरीले जनाएको छ । काठमाडौंबाट इलामतर्फ जाँदै गरेको बा१६च ८०४८ नम्बरको टाटा सुमोमा सवार नेवारसँग रहेको कालो झोलामा ५७ हजार डलर फेला परेको हो ।निजलाई हिरासतमा राखेर अनुसन्धान थालिएको छ ।

Leave Your Comment

Related News