CLI

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही देशका बाँकी पहाडी तथा हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।

तराई भू–भागका केही स्थानहरूमा हुस्सु÷कुहिरो रहनेछ। कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बादल लाग्ने तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ। देशका तराई भू–भागमा बिहानीपख लाग्ने हुस्सु÷कुहिरोको प्रभावले दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य साथै हवाई तथा सडक यातायातमा आंशिक प्रभाव पर्ने देखिएको छ ।

Leave Your Comment

Related News