CLI

अध्यक्ष ओलीद्वारा माघे सङ्क्रान्तिको शुभकामना

काठमाडौं ।नेपाल कम्युनिस्ट पार्टी ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीले माघे सङ्क्रान्तिका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।

आज एक शुभकामना सन्देश जारी गर्दै ओलीले नेपालको सांस्कृतिक विविधतामा यो पर्वलाई कतै माघी, कतै मकर सङ्क्रान्ति र कतै माघ्या पर्व भनेर मनाइने बताए । उनले यस पर्वमा खनिजजन्य खानेकुरा खाइने उल्लेख गर्दै सबैलाई माघे सङ्क्रान्तिको शुभकामना दिए ।

आजको दिन बराहक्षेत्र, देवघाट, रिडीक्षेत्रलगायत देशका विभिन्न पवित्र नदी एवं त्रिवेणीहरूमा स्नान गरी मन्दिरमा पूजा अर्चना गर्ने परम्परा रहेको ओलीले आफ्नो सन्देशमा उल्लेख गरेका छन् ।

Leave Your Comment

Related News