CLI

हालसालै आइपीओ बिक्री गरेको सालपा विकास बैंक घाटामा, कर्णाली डेभलपमेन्टले कमायो १२ करोड ७५ लाख नाफा, कुन बैंकको कति ?

काठमाडौं । हालसालै आइपीओ जारी गरेको सालपा विकास बैंकले मंसिरसम्म करिब २ करोड रुपैयाँ घाटा व्यहोरेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार सालपा विकास बैंकले चालु आर्थिक वर्षको ५ महिनामा १ करोड ९४ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ ।

तथ्यांक अनुसार १७ वटा विकास बैंकहरुले समग्रमा १ अर्ब ९५ करोड नाफा आर्जन गरेका छन् । जसमध्ये, गरिमा विकास बैंकले ५३ करोड ७३ लाख नाफा कमाएको छ । त्यस्तै, मुक्तिनाथले ५२ करोड ९० लाख, शाइन रेसुंगाले ४४ करोड, कामना सेवाले ३५ करोड ९५ लाख, सांग्रिला डेभलपमेन्टले १९ करोड ८३ लाख, ज्योति विकासले १९ करोड ७१ लाख र महालक्ष्मीले १३ करोड २३ लाख नाफा कमाएको छ ।

यता, कर्णाली डेभलपमेन्ट बैंकले पनि १२ करोड ७५ लाख नाफा आर्जन गरेको छ । विकास बैंकहरुमा ७ वटाले खुद घाटा व्यहोरेका छन् । जसमध्ये लुम्बिनी विकास बैंकले ३५ करोड ४५ लाख घाटा व्यहोरेको छ ।

त्यसो त, पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुको खराब कर्जा बढ्दै गएको छ। देशमा जारी आन्दोलन र आर्थिक मन्दीको प्रभावले बैंकहरुको ऋण संकलनमा चुनौती थप्दा नाफामा समेत असर परेको देखिन्छ ।

बैंकिङ क्षेत्रमा बढ्दो आक्रमण र वित्तीय अस्थिरताले खराब कर्जा व्यवस्थापनलाई अझ कठिन बनाएको छ। यसै कारण गत आर्थिक वर्षको तुलनामा बैंकहरुको नाफा घटेको हो ।

साथै प्रतिस्पर्धात्मक ब्याजदर, आर्थिक गतिविधिमा सुस्ती, उच्च सञ्चालकीय खर्च र ऋण व्यवस्थापन चुनौतीहरु बढेकाले बैंकहरुको नाफा घटेको विश्लेषण गरिएको छ ।

Leave Your Comment

Related News