CLI

स्कोडा किलाक: इन्ट्री-लेभल एसयूभीमा नयाँ सुरक्षा मापदण्ड कायम, भारत NCAP फाइभ-स्टार प्राप्त

काठमाडौं । स्कोडा इन्डियाको नयाँ इन्ट्री–लेभल एसयूभी किलाकले भारत NCAP क्र्यास टेस्टमा फाइभ–स्टार रेटिङ प्राप्त गर्दै सुरक्षा क्षेत्रमा नयाँ मापदण्ड स्थापित गरेको छ। यो स्कोडाको पहिलो मोडल हो जसले भारत NCAP परीक्षणमा भाग लिएको हो। किलाकले एडल्ट अक्युपेन्ट प्रोटेक्सनमा ३०.८८ अंक र चाइल्ड अक्युपेन्ट प्रोटेक्सनमा ४५.०० अंक प्राप्त गर्दै आफ्नो सेग्मेन्टमा सबैभन्दा सुरक्षित एसयूभीको उपाधि पाएको छ।

बेस भेरियन्टमा उपलब्ध ६ एयरब्याग र २५ भन्दा बढी सक्रिय तथा प्यासिभ सुरक्षा फिचरहरूले यात्रुहरूको सुरक्षालाई सर्वोच्च प्राथमिकता दिएको छ। बच्चाहरूको सुरक्षामा पनि किलाकले उत्कृष्ट प्रदर्शन गरेको छ, फ्रन्टल अफसेट बारियर टेस्टमा १००% अंक र साइड–मुभिङ डिफर्मेबल बारियर टेस्टमा पनि पूर्ण अंक प्राप्त गरेको छ।

यसले स्कोडाको विश्वव्यापी NCAP फाइभ–स्टार सुरक्षा लिगेसीलाई निरन्तरता दिएको छ। सुरक्षा मात्र नभई आराम, शैली र आधुनिक प्रविधिको उत्कृष्ट संयोजनले किलाकलाई भारतीय ग्राहकका लागि भरपर्दो र सन्तुलित एसयूभी बनाएको छ।

नेपालमा पनि अटोमोबाइलप्रेमी ग्राहकहरू यस मोडलको अफिसियल लन्चको प्रतीक्षामा रहेका छन्। किलाकले इन्ट्री–लेभल एसयूभी सेग्मेन्टमा सुरक्षा, आधुनिक डिजाइन र सुविधा संयोजन गर्दै नयाँ बेन्चमार्क स्थापना गरेको छ।

Leave Your Comment

Related News