CLI

बैंकहरुबाट प्रवाह हुने सवारी साधन कर्जामा वृद्धि, कुनको कति ?

काठमाडौं । वाणिज्य बैंकहरुबाट  प्रवाह हुने सवारी साधन कर्जामा वृद्धि देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार २० वटा बैंकबाट १ खर्ब भन्दा धेरै सवारी साधन कर्जा प्रवाह भएको छ । केन्द्रीय बैंकका अनुसार आर्थिक वर्ष २०८२\८३ को मंसिरसम्ममा बैंकहरुले १ खर्ब २१ अर्ब ७ करोड ६० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन्  ।

यो रकम गत आवको तुलनामा ८.५१ प्रतिशत अर्थात, ९ अर्ब ४९ करोड ४० लाख रुपैयाँले बढी हो । गत आवको सोही अवधिमा बैंकहरुले १ खर्ब ११ अर्ब ५८ करोड २० लाख कर्जा प्रवाह गरेका थिए । बैंकहरुले विभिन्न आकर्षक अफरहरु ल्याएर सवारी साधन कर्जा विस्तार गरेका छन् । साथै, उक्त कर्जामा लाग्ने  ब्याजदर पनि तुलनात्मक रुपमा कम छ ।

त्यसो त, अहिले बैंकिङ प्रणालीमा तरलता फालाफला छ । आर्थिक गतिविधी सुस्त हुँदा अन्य क्षेत्रमा कर्जा विस्तार भएको छैन । तर, बैंकहरुले यता सवारी साधन कर्जामा भने विभिन्न स्किम र अफर सार्वजनिक गरेर लोन दिएका छन् । र यस्तो कर्जामा आकर्षण पनि देखिएको छ । २० वाणिज्य बैंकमध्ये १२ बैंकको कर्जा प्रवाह बढेको छ भने ८ वटाको घटेको छ ।

यसअवधिसम्म आइपुग्दा  ग्लोबल आइएमई बैंकको उक्त कर्जा प्रवाह सबैभन्दा धेरै छ । यस बैंकले १५ अर्ब ७२ करोड ८० लाख कर्जा प्रवाह गरेको छ ।

त्यस्तै, दोस्रोमा नबिल बैंक १२ अर्ब ८ करोड ८० लाख कर्जा प्रवाह गरेको छ । यो रकम गत आवको तुलनामा ५१ करोड बढी हो । गत आवमा ११ अर्ब ५७ करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो । त्यस्तै एभरेष्ट बैंकले ११ अर्ब ४८ करोड ३० लाख रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले १० अर्ब १७ करोड ६० लाख, हिमालयन बैंकले ६ अर्ब ९६ करोड ४० लाख रुपैयाँ सवारी साधन कर्जा प्रवाह गरेको हो ।

यता, ग्लोबल आइएमई बैंकको कर्जा प्रवाह गत आवको तुलनाम घटेको छ । बैंकको कर्जा ८० लाख रुपैयाँले घटेको हो । त्यस्तै, कर्जा प्रवाह घट्नेमा एनआईसी एशिया बैंक, लक्ष्मी सनराइज बैंक,कुमारी, सिद्धार्थ, माछापुच्छ्रे, स्ट्याण्डर्ड चार्टर्ड बैंक र नेपाल बैंक रहेका छ । एनआईसी एशिया बैंकको सवारी साधन कर्जा प्रवाह ४०.७४ प्रतिशत अर्थात १ अर्ब २७ करोड ७० लाख रुपैयाँले घटेको छ । बैंकले १ अर्ब ८५ करोड ८० लाख सवारी कर्जा प्रवाह गरेको छ ।

कुन बैंकबाट कति ?

Leave Your Comment

Related News