CLI

नेपाल बैंक र ब्ल्याक हर्स इण्डष्ट्रिजबीच सम्झौता

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र जुत्ता उत्पादन उद्योग श्री ब्ल्याक हर्स इण्डष्ट्रिज प्रा. लि. बीच ग्राहक तथा कर्मचारीलाई लक्षित सहकार्यसम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरू र बैंकमा कार्यरत कर्मचारीहरूले ब्ल्याक हर्स ब्राण्डका विभिन्न प्रकारका जुत्ताहरू खरिद गर्दा बिल रकममा १० देखि २० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् ।

सम्झौता पत्रमा पौष ३० गते नेपाल बैंक लिमिटेडका तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजनका प्रमुख निर्मल सुवेदी र श्री ब्ल्याक हर्स इण्डष्ट्रिज प्रा। लि।का प्रबन्ध निर्देशक चिन बहादुर श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

यो सहकार्यसँगै नेपाल बैंकमा खाता रहेका ग्राहकहरू तथा बैंकका कर्मचारीहरूले काठमाडौंको नागार्जुनमा रहेको ब्ल्याक हर्स इण्डष्ट्रिजद्वारा उत्पादन गरिएका ब्ल्याक हर्स ब्राण्डका जुत्ताहरू देशभर रहेका आधिकारिक विक्रेतामार्फत सुपथ मूल्यमा खरिद गर्न सक्नेछन् ।

बैंक र उद्योगबीच भएको यस सम्झौताले एकातर्फ ग्राहक तथा कर्मचारीलाई प्रत्यक्ष लाभ पुर्‍याउने अपेक्षा गरिएको छ भने अर्कोतर्फ स्वदेशी उत्पादनको प्रवर्द्धन र निजी क्षेत्रबीचको सहकार्यलाई समेत थप मजबुत बनाउने विश्वास लिइएको छ ।

Leave Your Comment

Related News