CLI

 सोमबार सार्वजनिक बिदाको दिन पनि आरटीजीएस प्रणाली सञ्चालन हुने

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक बिदाको दिन पनि रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणाली सञ्चालन हुने बताएको छ । राष्ट्र बैंकले सोमबार सोनम ल्होसारको सार्वजनिक बिदाको दिन पनि आरटीजीएस प्रणाली सञ्चालन हुने बताएको हो ।

राष्ट्र बैंकले आइतबार सार्वजनिक सूचना जारी गर्दै उक्त जानकारी दिएको हो । राष्ट्र बैंकका अनुसार सोमबार बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म आरटीजीएस प्रणाली सञ्चालन हुने छ ।

आरटीजीएस प्रणाली ठूलो मूल्यको भुक्तानीको लागि प्रयोग गरिने विद्युतीय भुक्तानी प्रणाली हो । यस प्रणालीबाट खासगरी ठूलो मूल्य र अति जरुरी भुक्तानीको कारोबार हुन्छ ।

Leave Your Comment

Related News