रसुवा।आसन्न प्रतिनिधिसभा निर्वाचनका सन्दर्भमा आयोजना गरेको सर्वदलीय बैठकमा सहभागी दलहरुले तोकिएको मापदण्ड अनुरूप अगाडि बढ्ने प्रतिबद्वता जनाएका छन् ।
बैठकमा आचार संहिताको पूर्णपालना, स्वच्छ र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउने, मनोनयन दर्ताका लागि समय निर्धारण जस्ता विषयमा भएको छलफलमा थियो । बैठकमा नेपाली कांग्रेस, नेकपा ९एमाले० र मङ्गोल नेश्नल अर्गनाइजेसन दलले भाग लिएको सहायक निर्वाचन अधिकृत सरिता रिजालले बताए।
जिल्ला प्रशासन कार्यालयद्वारा आयोजित सो बैठक मुख्य निर्वाचन अधिकृत ध्रुवप्रसाद उप्रेतीका अध्यक्षतामा सम्पन्न भएको थियो । बैठकमा निर्वाचन तालिका र सहमति अनुसार राजनीतिक दल अगाडि बढ्ने,स्थानीय प्रशासकले सुरक्ष व्यवस्था सुदृढ पार्ने, जस्ता विविध विषयमा छलफल भएको थियो । जिल्लामा ४१ हजार चार सय ७१ मतदाताले आफ्नो मताधिकार प्रयोग गर्ने बताइएको छ ।


