CLI

प्रतिनिधिसभा निर्वाचनमा ऋषि धमला, रौतहट–४ बाट आम जनता पार्टीको तर्फबाट उम्मेदवारी

काठमाडौं । वरिष्ठ पत्रकार ऋषि धमलाले औपचारिक रूपमा राजनीतिमा प्रवेश गरेका छन्। आगामी फागुन २१ गते तय गरिएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा उनले रौतहट निर्वाचन क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दिने भएका हुन्।

आम जनता पार्टीले धमलालाई उक्त क्षेत्रमा प्रत्यक्षतर्फको उम्मेदवारका रूपमा अघि सारेको हो। पार्टीका अनुसार उनको चुनाव चिह्न मोबाइल निर्धारण गरिएको छ। धमला हाल मनोनयन दर्ताको प्रक्रिया पूरा गर्न रौतहटतर्फ प्रस्थान गरिसकेका छन्।

धमलाको राजनीतिक यात्राबारे जानकारी उनकी पत्नी एलिजा गौतमले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी हुन्। गौतमले लामो समयदेखि पत्रकारितामार्फत सत्य र निष्पक्षताको पक्षमा उभिँदै आएका धमलाले अब राजनीतिक क्षेत्रमार्फत पनि सकारात्मक योगदान दिन सक्ने विश्वास व्यक्त गरेकी छन्।

उनले धमलाको अनुभव, स्पष्ट विचार र अडानले सार्वजनिक जीवनमा नयाँ अभ्यास र उत्तरदायित्वको संस्कार विकास गर्न मद्दत गर्ने उल्लेख गर्दै सेवा भावनाका साथ राजनीतिमा प्रवेश गरिएको बताएकी छन्।

Leave Your Comment

Related News