काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनमा भाग लिन देशभरका उम्मेदवारको अन्तिम सूची टुंगो लगाएको छ। नेकपाले माघ ६ गते देशभर उम्मेदवारी दर्ता गराउने तयारी गरेको छ। यसअघि नै पार्टीले सबै जिल्ला र क्षेत्रबाट उम्मेदवार तय गरेको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई रुकुम पूर्वबाट उम्मेदवार बनाइएको छ।
कुन क्षेत्रमा कसले पायो टिकट ?


