काठमाडौं । मंगलबार नेपाली बजारमा सुन को मूल्य २ हजार ७ सय रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको छ। नेपाल सुनचाँदी ब्यवसाय महांसघका अनुसार सुन प्रतितोला २ लाख ८४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन प्रतितोला २ लाख ८२ हजार रुपैयाँमा कारोबार भइरहेको थियो ।
चाँदी पनि ७० रुपैयाँले बढेको छ ।बजारमा चाँदी प्रतितोला ५ हजार ८८० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । सोमबार चाँदी प्रतितोला ५ हजार ८१० रुपैयाँ थियो ।


