काठमाडौं । टिकटकले आफ्ना प्रयोगकर्ताका लागि सुरक्षित डिजिटल वातावरण बनाउन निरन्तर प्रतिबद्धता जनाउँदै २०२५ तेस्रो त्रैमासिक कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक गरेको छ।
जुलाईदेखि सेप्टेम्बर २०२५ सम्मको तथ्यांक समेटिएको यस रिपोर्टले टिकटकले आफ्ना कम्युनिटी गाइडलाइन्स विपरीत रहेका सामग्री पहिचान गर्न र हटाउन अपनाएका सक्रिय कदमहरूको विवरण प्रस्तुत गर्दछ, जसले विश्वव्यापी प्रयोगकर्तालाई सकारात्मक अनुभव सुनिश्चित गर्न मद्दत पुर्याएको छ।
विश्वव्यापी रूपमा, यस त्रैमासिकमा टिकटकले कुल २०४ मिलियन (२०४,५३४,९३२) भिडियो हटाएको छ, जुन यस प्लेटफर्ममा अपलोड भएका कुल कन्टेन्टको करिब ०.७ प्रतिशत हो। हटाइएका भिडियोहरूमध्ये १८६,६०८,०८१ भिडियो अटोमेटिक डिटेक्सन प्रविधिको प्रयोगमार्फत पहिचान गरी हटाइएका थिए भने थप रिभ्युपछि ८,९५०,७३५ भिडियो पुनःस्थापना गरिएका थिए।
सक्रिय रूपमा हटाउने दर ९९.३ प्रतिशत रहेको थियो, जसमा ९४.८ प्रतिशत फ्ल्याग गरिएका कन्टेन्ट २४ घण्टाभित्र हटाइएको थियो। प्लेटफर्मको विश्वसनीयता कायम राख्न यस अवधिमा टिकटकले ११८,६१८,३९९ नक्कली अकाउन्ट हटाएको छ भने १३ वर्षभन्दा कम उमेरका हुन सक्ने आशंकामा थप २२,२२६,५४२ अकाउन्ट पनि हटाइएको छ।
रिपोर्ट अनुसार हटाइएका कुल भिडियोहरूमध्ये ३० प्रतिशतमा संवेदनशील वा वयष्क विषयवस्तु समेटिएका थिए, जुन टिकटकको कन्टेन्ट पोलिसीसँग मेल खाँदैन। थप १५.७ प्रतिशत भिडियोहरूले सुरक्षा र सभ्यतासम्बन्धी मापदण्ड उल्लंघन गरेका थिए भने २.७ प्रतिशतले गोपनीयता तथा सुरक्षासम्बन्धी गाइडलाइन उल्लंघन गरेका थिए।
कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्टको नियमित प्रकाशनले कन्टेन्ट तथा अकाउन्ट सम्बन्धी कारबाहीको परिमाण र प्रकृतिबारे स्पष्ट जानकारी प्रदान गर्दछ, जसले पारदर्शिताप्रति टिकटकको प्रतिबद्धतालाई अझ बलियो बनाउँछ।


