CLI

नेपाल बैंक लिमिटेडको “Link, Load & Withdraw – Win Rewards via Khalti” सञ्चालन

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड तथा Khalti by IME को सहकार्यमा नेपाल बैंक लिमिटेडले बैंककोे ब्राण्ड प्रवद्र्धन एवम् डिजिटल बैंकिङ व्यवसाय अभिवृद्धिको लागि २०८२ माघ र फागुन महिनाभर लागु हुनेगरी बैंकमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरूलाई लक्षित गरी ” Link, Load & Withdraw – Win Rewards via Khalti”  अभियान सञ्चालनमा ल्याएकोे छ ।

सो अभियान अवधिभर ग्राहक तथा कर्मचारीले नेपाल बैंकको खाता Khalti मा link गरी कारोबार गर्दा हरेक हप्ता दुईजनालाई movie tickets वा Khalti Pro Subscription  र अभियानभरको कारोबारको आधारमा दुई जनालाई जनही नगद रु. १५,००० (अक्षरेपी रु. पन्ध्र हजार मात्र) पुरस्कार प्रदान गरिने र सो को घोषणा अभियान अवधि पश्चात गरिने बैंकले जनाएको छ ।

सो अभियानमा योग्य हुनको लागि खल्ती ध्बििभत मा दर्ता भई प्थ्ऋ अद्यावधिक गरिएको हुनुपर्ने, यस बैंकको खाता प्जबतिष् ध्बििभत मा ष्लिप हुनुपर्ने तथा ष्लिप गरिएको खाता मार्फत कारोबार भएको हुनुपर्नेछ । यस सम्बन्धमा थप जानकारी लिनको लागि नजिकैको शाखा तथा यस बैंकको कल सेन्टरको फोन नं. ०१-५९७१२२२ मा सम्पर्क गर्न समेत बैंकले अनुरोध गरेको छ । यस अभियानले ग्राहकलाई डिजिटल बैंकिङ तर्फ उत्प्रेरित गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास पनि बैंकले लिएको छ ।
हाल नेपालभर २३१ शखा, २३७ एटिएमका साथै ६१ वटा एक्स्टेन्सन काउन्टरको सञ्जाल मार्फत करिब २७ लाख ग्राहकहरुलाई वित्तीय सेवा पु¥याईरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ प्रविधि मार्फत बैंकिङ सेवा सुविधा प्रदान गर्दै प्रतिस्पर्धि बैंकको रुपमा अघि बढिरहेको छ ।

 

Leave Your Comment

Related News