काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ मनोनयन दर्ताका लागि दर्ता स्थलमा पुगेका छन् ।
रुकुम पूर्व निर्वाचन क्षेत्र नम्बर १ मा उम्मेदवारी दिन लागे उनी सोमबार नै त्यहाँ पुगेका थिए ।
संयोजक प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगेका हुन् ।
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फ आज देशभर उम्मेदवारी दर्ता हुँदैछ । निर्वाचन आयोगका देशभरका १ सय ६५ वटै निर्वाचन क्षेत्रका निर्वाचन कार्यालयमा मनोनयन दर्ताको काम भइरहेको छ ।


