काठमाडौं । भरतपुर महानगरपालिकाकी निवर्तमान प्रमुख रेनु दाहालले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएकी छन् । उम्मेदवारी दिन अघि मंगलबार बिहान उनले आफ्नो पदबाट राजीनामा दिएकी थिइन् । राजीनामा बुझाएर चितवनको निर्वाचन क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिएकी हुन् ।
रेनु दाहालद्वारा चितवन–३ बाट उम्मेदवारी दर्ता


