काठमाडौं । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले झापा–५ बाट उम्मेदवारी दर्ता गराएका छन् ।
सो क्षेत्रमा काठमाडौं महानगरपालिकाका पूर्वमेयर तथा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह (बालेन) ले उम्मेदवारी दर्ता गराइसकेका छन् । नेकपाले भने पूर्वविद्यार्थी नेता रञ्जित तामाङलाई सो क्षेत्रबाट उम्मेदवार बनाएको छ ।
झापा–५ मा को चुनावी प्रतिस्पर्धा थप रोचक बन्ने भएको छ । रास्वपाले भावी प्रधानमन्त्रीका रूपमा प्रोजेक्ट गरेका बालेन र ओलीबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।


