CLI

नेप्से सूचकमा दोहोरो अंकको वृद्धि, कारोबार रकम ६ महिना यताकै उच्च

काठमाडौं ।  मंगलबार नेप्से सूचकमा दोहोरो अंकको वृद्धि देखिएको छ । बजार यस दिन ४२.२६ अंकले बढेर २७१४.८१ विन्दुसम्म पुगेको छ । सूचकसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । मंगलबार ११ अर्ब ८५  करोड रुपैयाँ भन्दा धेरैको कारोबार भएको छ । यो गत साउन यताकै उच्च हो ।

देश चुनावमय बन्दै गर्दा मार्केटमा पनि यसको प्रभाव परेको सेयर बजारका विश्लेषकहरु बताउँछन् । नयाँ सरकार गठन भएपछि सेयर बजार मैत्री वातावरण निर्माण हुने आशामा लगानीकर्ता छन् । त्यसैले पनि पछिल्ला दिनहरुमा स्टक मार्केटमा साकारात्मक माहोल बनेको छ । मंगलबार ३३९ वटा कम्पनीको सेयर कारोबार भएको छ । जसमध्ये २२४ वटाको भाउ बढेको छ भने ३१ वटाको घटेको छ । बाँकीको बजारमा मूल्य स्थिर रहेको छ ।

यस दिन सबै उप समूह बढेका छन् । बैंकिङ १.२४ प्रतिशत, विकास बैंक १.४५,वित्त ०.९७, होटल्स तथा पर्यटन समूह ३.३६,  जलविद्युत १.७७, लगानी२.५४, जीवन बीमा १.८६, उत्पादन र प्रशोधन १.३९, लघुवित्त १.५४, म्युअुचल फण्ड १.०४,निर्जीवन बीमा १.६५,अन्य समूह १.४४  र व्यापार समूह ०.३७ प्रतिशतले प्रतिशतले बढेका छन् ।

कारोबार रकम आधार मा यस दिन एनआरएन इन्फ्रास्ट्रक्चरको  पहिलो स्थानमा रहेको छ। कम्पनीको यस दिन ४० करोड ७९ लाख रुपैयाँको कारोबार भएको छ । राधी विद्युत ३९ करोड ३ लाख , मञ्जुश्री फाइनान्सको ३७ करोड ७ लाक रुपैयाँको कारोबार भएको छ ।

यस दिन,गोर्खाज फाइनान्स १० प्रतिशतले बढेको छ । आँखुखोला जलविद्युतको ८.१३ र राप्ती हाइड्रोको ७.८७ प्रतिशतले बढेको छ

Leave Your Comment

Related News