काठमाडौं । सहकारी ठगी प्रकरणमा जिल्ला अदालत पर्साले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसँग १ करोड रुपैयाँ धरौटी मागेको छ । मंगलबार थुनछेक बहस सकिएपछि न्यायाधीश रुद्रप्रसाद सुवेदीको इजलासले १ करोड धरौटी माग गरेका अदालतका तहसिलदार देवराज भट्टराईले इक्विटी नेपालले जानकारी दिए ।
लामिछाने आजै अदालतमा तारेखका लागि पुगेका थिए । अदालतबाट लामिछाने चितवनमा उम्मेदवारी दर्ता गर्न गएका छन् ।
सहकारी ठगी र संगठीत अपराधमा लामिछानेलगायत २९ जनाविरुद्ध गत जेठ ३० गते अदालतमा मुद्दा दायर भएको थियो । लामिछाने विरुद्ध पर्सासहित चितवन, कास्की, काठमाडौंमा ठगी र संगठित मुद्दा विचारधीन रहेको छ । महान्यायधीवक्ता कार्यालयले लामछिाने माथि लगाएको संगठित मुद्दा फिर्ता लिने निर्णय गरेको छ ।


