काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता नारायणकाजी श्रेष्ठले सर्लाही क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दर्ता गराएका छन् ।
मंगलबार सर्लाहीको हरिवनस्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर श्रेष्ठले मनोनयन गराएका हुन् ।
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा यस क्षेत्रबाट नेकपा एमालेका हरिप्रसाद उप्रेती निर्वाचित भएका थिए ।


