काठमाडौं । बैंक प्रणलिमा अधिक तरलत भएपछि नेपाल रष्ट्र बैंकले आज ७ गत २० अर्ब रुपैयाँ निक्षेप संकलन गर्न लागिएको हो । राष्ट्र बैंकले ६३ दिनको लागि निक्षेप संकलन बोलकबोल उपकरणमार्फत् उकत निक्षेप रकम संकलन गर्न लागिएको हो ।
राष्ट्र बैंकका अनुसार माघ ७ गते मध्यान्ह २ बजेसम्म अनलाईन बिडिङ सिष्टम मार्फत मात्र बोलकबोल हुनेछ ।निक्षेप संकलनको लागि घटिमा १० करोड रुपैयाँ र बढिमा ५ करोड रुपैयाँ भाग गर्दा निशेष भाग जाने गरी कुल आह्वान रकम गर्न पाउने व्यवस्था गरिएको छ ।
निक्षेप संकलनको लागि आह्वान गरिएको रकम बाँडफाँड गर्दा बोलबमोजिम सबैभन्दा कम ब्यजदरलाई पहिलो प्राथमिकता क्रममा राखी आह्वान गरेकोरकमसम्म क्रमशः बाँडफाँड गरिनेछ।
निक्षेप संकलन उपकरणको भुक्तानी मितिका दिन निर्धारित ब्याज सहित संकलित निक्षेप रकम सम्बन्धित बैंकस्थित खातामा जम्मा गरिनेछ। संकलित निक्षेपको सावा ब्याज भुक्तानि चैत ११ गतेलाई तोकिएको छ।


