काठमाडौं । बुधबार नेप्से परिसूचक ९.४३ अंकले घटेको छ । बजार २७०५.३८ अंकमा पुगेर बन्द भएको छ । ३२४ वटा कम्पनीको सेयर कारोबार भएको छ । जसमध्ये ८२ वटाको भाउ बढेको छ भने १७४ वटाको घटेको छ । बाँकीको बजारमा मूल्य स्थिर रहेको छ ।यस दिन ८९ हजार ७६६ पटक कारोबार हुँदा २ करोड १६ लाख ४१ हजार कित्ता सेयर खरिदबिक्री भएको छ । कारोबार रकम भने ८ अर्ब ९२ करोड ३६ लाख पुगेको छ । यो रकम मंगलबारको तुलनामा घटेको छ । मंगलबार कारोबार रकम ११ अर्ब ८५ करोड थियो ।
यस दिन १२ वटा उप समूह घटेका छन् भने १ वटा बढेको छ । बैंकिङ ०.१८ प्रतिशत, विकास बैंक ०.५९,वित्त १.६७, होटल्स तथा पर्यटन समूह १.८८, जलविद्युत ०.०३, लगानी ०.६४, जीवन बीमा ०.३६, उत्पादन र प्रशोधन ०.४६, लघुवित्त ०.२६, म्युअुचल फण्ड ०.६५,निर्जीवन बीमा ०.३०, र व्यापार समूह १.२१ प्रतिशतले प्रतिशतले घटेका छन् । अन्य समूह ०.२६ प्रतिशतले बढेको छ ।
कालिका पावर कम्पनीको शेयरमूल्य सर्वाधिक ९.८४ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य ९.१६ प्रतिशत बढेको छ भने रिभर फल्स पावरको सेयरमूल्य ५.५० प्रतिशत बढेको छ।
कारोबार रकमका आधारमा यस दिन आँखु खोला जलविद्युत कम्पनी पहिलो स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ४३ करोड ३६ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। त्यस्तै, यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको ३५ करोड ५ लाख रुपैयाँभन्दा बढीको सेयर खरिदबीक्री भएको छ भने हिमालयन रि इन्स्योरेन्सको कारोबार रकम ३३ करोड १३ लाख रुपैयाँ नाघेको छ।


