CLI

घट्यो सुनचाँदीको भाउ, प्रतितोला कति ?

काठमाडौं । बिहीबार सुनको मूल्य २ हजार ९ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी ब्यवसाय महांसघका अनुसार सुन प्रतितोला २ लाख ९२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन प्रतितोला २ लाख ९५ हजार १ सय रुपैयाँ थियो ।

चाँदी पनि ५० रुपैयाँले घटेको छ । बजारमा चाँदी प्रतितोला ५ हजार ८७० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।  बिधबार चाँदी प्रतितोला ५ हजार ९२० रुपैयाँ थियो ।

Leave Your Comment

Related News