CLI

जाँचबुझ आयोगको म्याद २० दिन थप

काठमाडौं । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएका घटनाको छानविन गर्न गठित जाँचबुझ आयोगको म्याद थप भएको छ।

सरकारका प्रवक्ता एवम गृहमन्त्री ओमप्रकाश अर्यालले बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले जाँचबुझ आयोगको म्याद २० दिन थप गर्ने निर्णय गरेको बताए । आयोगले काम नसकेपछि आयोगका अध्यक्ष गौरीशंकर कार्कीले प्रधानमन्त्री सुशीला कार्की समक्ष पुन म्याद थपका लागि अनुरोध गरेका थिए ।

आज मन्त्रिपरिषद्ले निर्णय गरेर २० दिन आयोगको म्याद थप गरेको हो । यसअघि आयोगको गठन गर्दा ३ महिनाभित्र घटनाको जाँचबुझ गरी प्रतिवेदन तयार समय दिइएको थियो ।तर तोकिएको समयमा काम नसकिएपछि दोस्रोपटक म्याद थप गरेको हो ।

Leave Your Comment

Related News