दमक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनका नाममा आपराधिक गतिविधिमा संलग्नहरू कारबाहीको दायरामा आउने बताएका छन् ।
बिहीबार झापाको दमक ८ स्थित नेपाली कम्युनिष्ट पार्टी (तत्कालीन माओवादी) नेता गगन पुरीको आगजनी गरिएको घर अवलोकनका क्रममा ओलीले यस प्रकारको विध्वंस मच्चाउने तथा आपराधिक गतिविधिमा संलग्नहरू कानुनी दायरामा आउने विश्वास दिलाए ।
पुरीलाई उनले भने,‘सधैँ अराजकता कहाँ टिक्छ र, एक दिन त कारबाहीको दायरामा ल्याएरै छोडिन्छ नि १ बरु उजुरी(निवेदन लगायतको प्रकृया चाहिँ अघि बढाउनु होला ।’
नेता पुरीले आफूले सबै प्रमाणहरू संकलन गरिसकेको र कानुनी उपचारको प्रकृया पनि अघि बढाएको जानकारी गराए । पुरीको घर अवलोकनपछि ओली दमकस्थित तत्कालीन माओवादीको पार्टीको क्षति अवलोकन गर्दै गौरादह लागेका छन् ।


