CLI

प्रतिनिधिसभा निर्वाचनमा ४९ उम्मेदवारले लिए नाम फिर्ता

काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचनअन्तर्गत ४९ जना उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, शुक्रबार दिउँसो २ बजेसम्म फिर्ता लिएका उम्मेदवारको संख्या ४९ पुगेको छ। उम्मेदवारी फिर्ता गर्ने अन्तिम समय शुक्रबार साँझ ५ बजेसम्म कायम रहनेछ।

निर्वाचनका लागि देशभर ३,४८७ उम्मेदवारले मनोनयन दाखिला गरेका थिए। २१ फागुनमा ११० समानुपातिक र १६५ प्रत्यक्षतर्फका सिटका लागि निर्वाचन हुने तय छ।

यसैगरी, ५ उम्मेदवारविरुद्ध दाबी–विरोध दर्ता भएको थियो। आयोगका अनुसार, १ जनाको उम्मेदवारी खारेज भएको छ भने अन्य ४ जनाको यथावत रहेको छ।

Leave Your Comment

Related News