CLI

नेपालको अमेरिकासँग व्यापार घाटा ३ अर्ब ६८ करोड पुग्यो

काठमाडौं । नेपालसँगको व्यापारमा अमेरिकालाई अत्याधिक फाइदा रहेको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको ६ महिनामा अमेरिकाबाट १३ अर्ब ४४ करोड ९३ लाखको सामग्री आयात भएको छ । नेपालबाट भने ९ अर्ब ७६ करोड ३ लाखको सामग्री निर्यात भएको छ । यसरी अमेरिकासँग नेपालको व्यापार घाटा छ महिनाको अवधिमा ३ अर्ब ६८ करोड ८९ लाख रहेको छ ।

छ महिनाको अवधिमा अमेरिकाबाट ३ अर्ब ११ करोड ६८ लाखको हवाइजहाजका सामग्री तथा पाटपुर्जा, १ अर्ब ४० करोड २२ लाखको कोइला, एक अर्ब ४ करोड ४८ लाखको भटमासको आयात गरेको छ । यसका साथै तेल, बदाम, कम्पयुटर, आर्मीका हातहतियार लगायतका सामग्री आयात गरेको छ ।
समिक्षा अवधिमा नेपालबाट १ करोड ३१ लाख ६२ हजारको चीज, १९ लाख ८३ हजारको मासु, ११ लाख ३१ हजार माछा, ८९ लाख ९ हजारको महको निर्यात गरिएको छ ।

Leave Your Comment

Related News