काठमाडौं । सोमबार नेप्से परिसूचक ३.०७ अंकले घटेको छ । बजार २७६९.०९ अंकमा पुगेर बन्द भएको छ । ३३२ वटा कम्पनीको सेयर कारोबार भएको छ । जसमध्ये ८८ वटाको भाउ बढेको छ भने १६५ वटाको घटेको छ । बाँकीको बजारमा मूल्य स्थिर रहेको छ । यस दिन १ लाख ४७ हजार ६७६ पटक कारोबार हुँदा ३ करोड ६२ लाख ६४ हजार कित्ता सेयर कारोबार भएको छ । कारोबार रकम भने १६ अर्ब ३५ करोड ५७ लाख रुपैयाँ पुगेको छ । यो रकम आइतबारको तुलनामा २ अर्ब ५७ करोड रुपैयाँले कम हो । आइतबार कारोबार रकम रकम १३ अर्ब ७८ करोड ५७ लाख थियो ।
यस दिन ९ वटा उप समूह घटेका छन् भने ४ वटा बढेका छन् । बैंकिङ ०.१६ प्रतिशत, विकास बैंक ०.०६,वित्त०.४५, लगानी ०.५५, जीवन बीमा ०.५३, लघुवित्त ०.४९, ,निर्जीवन बीमा ०.१६ , अन्य समूह ०.५० र व्यापार समूह ०.१२ प्रतिशतले घटेका छन् । होटल्स तथा पर्यटन समूह १.६७, जलविद्युत ०.३०, उत्पादन र प्रशोधन ०.४० र म्युअुचल फण्ड ०.७८ प्रतिशतले बढेका छन् ।
यस दिन ५ स्टकको १० प्रतिशतले बढेका छन्। यस दिन एसवाई प्यानल नेपाल, हिम स्टार उर्जा कम्पनी, सान्भि इनर्जी, सप्तकोशी डेभलपमेन्ट बैंक र माउन्टेन हाइड्रो नेपालको सेयर १० प्रतिशतले बढेको हो । त्यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य करिब १० प्रतिशत बढेको छ भने टर्ड टावरको सेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ।
कारोबार रकमका आधारमा हिमालयन पावर पार्टनर पहिलो स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ६५ करोड ९३ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ। त्यस्तै, आँखु खोला जलविद्युत कम्पनीको ५६ करोड १६ लाख रुपैयाँभन्दा बढीको सेयर खरिदबिक्री भएको छ भने मञ्जुश्री फाइनान्सको कारोबार रकम ५२ करोड रुपैयाँ नाघेको छ।


