CLI

सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँट

काठमाडौं । सोलु हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडले आईपीओ बाँडफाँड गरेको हो । कम्पनीको आईपीओमा २५ लाख ७० हजार ४२२ जनाले ३ करोड १७ लाख ८ हजार ३९० कित्ताका लागि ३ अर्ब १७ करोड ८ लाख ३९ हजार रुपैयाँको आवेदन दिएका थिए । जुन मागभन्दा ३.८६ गुणाले बढी हो ।

आईपीओमा ८ लाख २० हजारले १० कित्ताका दरले शेयर हात पारेका छन् । कम्पनीले ८२ लाख कित्ता आईपीओ सर्वसाधारणका लागि खुला गरेको थियो । सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट पनि रिजल्ट हेर्न सकिन्छ ।

Leave Your Comment

Related News