CLI

सुनको मूल्यमा नयाँ कीर्तिमान, प्रतितोल कति ?

काठमाडौं । नेपाली बजारमा सुन र चाँदीको मूल्यले आज पनि नयाँ रेकर्ड बनाएको छ । नेपाल सुन चाँदी ब्यवसाय महंसघका अनुसार मंगलबार सुन प्रतितोल ३ सय रुपैयाँले बढेको छ । यस दिन सुन प्रतितोला ३ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला ३ लाख ९ हजार रुपैयाँ थियो ।

यस दिन चाँदीको मूल्य तोलामा १३५ रुपैयाँ बढेर रेकर्ड ब्रेक गरेको छ । आज बजारमा चाँदी प्रतितोला ६ हजार ८७० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । सोमबार बजारमा चाँदी प्रतितोला ६ हजार ४८० रुपैयाँमा कारबार भएको थियो ।

Leave Your Comment

Related News