CLI

४२.५८ अंकले घट्यो नेप्से, कारोबार भने १४ अर्ब रुपैयाँभन्दा बढी

काठमाडौं । मंगलबार नेप्से परिसूचक ४२.५८ अंकले घटेको छ । बजार २७२६.५१ अंकमा पुगेरा बन्द भएको छ । ३३३ वटा कम्पनीको सेयर कारोबार भएको छ ।  जसमध्ये ३४ वटाको भाउ बढेको छ भने २२४ वटाको घटेको छ । बाँकिको बजारमा मूल्य स्थिर रहेको छ ।

यस दिन १ लाख ४२ हजार ४७६ पटक कारोबार हुँदा ३ करोड २ लाख ६२ हजार कित्ता सेयर खरिदबीक्री भएको छ । कारोबार रकम भने १४ अर्ब १६ करोड ७१ लाख रुपैयाँ पुगेको छ ।  यो रकम सोमबारको तुलनामा २ अर्ब १८ करोड ८६ लाख रुपैयाले कम हो । सोमबार कारोबार रकम  १६ अर्ब ३५ करोड ५७ लाख रुपैयाँ थियो ।

१२ उप समूह घटेका छन् भने १ उप समूह स्थिर रहेको छ  । बैंकिङ १.४९ प्रतिशत, विकास बैंक १.००, वित्त २.४४, होटल्स तथा पर्यटन समूह १.९०, जलविद्युत १.४१, लगानी १.७०, जीवन बीमा १.८५, उत्पादन र प्रशोधन १.४०, लघुवित्त १.४३, ,निर्जीवन बीमा १.७४,अन्य समूह १.९७ र व्यापार समूह ०.५१ प्रतिशतले घटेका छन्। म्युअुचल फण्ड स्थिर रहेको छ ।

त्यसतै, यस दिन सप्तकोशी डेभलपमेन्ट बैंक ८.५६ प्रतिशतले बढेको छ। दरमखोला हाइड्रो इनर्जी ८.४१, माया खोला हाइड्रोपावरको   ८.३६ प्रतिशत बढेको छ भने कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य साढे ६ प्रतिशत बढेको छ ।

त्यसगरि, कारोबार रकमका आधारमा यस दिन राधी विद्युत कम्पनी पहिलो स्थानमा रहेको छ। कम्पनीको यस दिन ५७ करोड ८५ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। त्यस्तै, एसवाई प्यानल नेपालको ५७ करोड ६८ लाख  रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ भने आँखु खोला जलविद्युत कम्पनीको कारोबार रकम ५१ करोड रुपैयाँ नाघेको छ।

Leave Your Comment

Related News