काठमाडौं । नेपाली बजारमा सुन र चाँदीको मूल्यले आज पनि नयाँ रेकर्ड बनाएको छ । नेपाल सुन चाँदी ब्यवसाय महंसघका अनुसार सुन प्रतितोला ९ हजार ५ सय रुपैयाँले बढेको छ । यस दिन सुन प्रतितोला ३ लाख १८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन प्रतितोला ३ लाख ९ हजार ३ सय रुपैयाँ थियो ।
यस दिन चाँदीको मूल्य तोलामा ४३० रुपैयाँ बढेर रेकर्ड ब्रेक गरेको छ । आज बजारमा चाँदी प्रतितोला ७ हजार ३०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । मंगलबार बजारमा चाँदी प्रतितोला ६ हजार ८७० रुपैयाँमा कारबार भएको थियो ।


