काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी ममता कुँवरलाई प्रहरीले पक्राउ गरेको छ ।
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-७ हरहर महादेव बस्ने गुल्मी रूरूक्षेत्र नगरपालिका-२ घर भएकी ३५ वर्षीया कुँवरलाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला अदालत काठमाडौंको गत वैशाख २१ गतेको फैसलाले उक्त मुद्दामा १ लाख ६३ हजार ५ सय रूपैयाँ जरिवाना, ६ हजार ५ सय ४० रूपैयाँ पीडित राहत कोषमा क्षतिपुर्ती जम्मा गराउने र ३ दिन कैद सजाय ठहर भई फरार रहेकी उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-७ हरहर महादेवबाट पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।


