CLI

बैंकहरुले कमाए साढे ३० अर्ब नाफा, कुनको कति ?

काठमाडौं । सञ्चालनमा रहेका वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा ३० अर्ब ५९ करोड रुपैयाँ नाफा कमाएका छन् । यो गत वर्षको सोही अवधिको तुलनामा ११.५१ प्रतिशत धेरै हो । गत वर्ष बैंकहरुले २७ अर्ब ४३ करोड रुपैयाँ नाफा कमाएका थिए ।

जसमध्ये सबैभन्दा धेरै नाफा कमाउनेमा नबिल अगाडि रहेको छ । यस बैंकले ६ महिनामा ४ अर्ब ७५ करोड नाफा कमाएको छ । यो गत वर्षको पुस मसान्तको तुलनामा ४६.७१ प्रतिशत धेरै हो ।  गत वर्ष बैंकले ३ अर्ब २४ करोड नाफा कमाएको थियो ।

यता, ग्लोबल आइएमईले ३ अर्ब २५ करोड नाफा कमाएको छ । कुमारीले २ अर्ब ७२ करोड, एभरेष्टले २ अर्ब ११ करोड, प्राइम कमर्सियलले २ अर्ब ४ करोड नाफा कमाएको छ । लक्ष्मी सनराइज भने २७ करोड ३६ लाख घाटामा छ । २० मध्ये १६ वटाले १ अर्ब भन्दा धेरै नाफा कमाएका छन् ।

Leave Your Comment

Related News