CLI

प्राइम टायल्सले प्राप्त गर्यो एनएस प्रमाणपत्र

काठमाडौं । प्राइम टायल्सले ले नेपाल सरकारअन्तर्गतको नेपाल गुणस्तर तथा नापतौल विभाग (Bureau of Nepal Standards and Metrology – BNSM) बाट NS 617 अनुसारको NS प्रमाणपत्र प्राप्त गर्दै नेपालको Wall र Floor टायल क्षेत्रमा पहिलो तथा हालसम्मकै एकमात्र NS Certified टायल कम्पनी को रूपमा आफ्नो पहिचान स्थापित गरेको छ।

यस प्रमाणपत्रले Prime Tiles का उत्पादनहरू राष्ट्रिय गुणस्तर मापदण्डअनुसार परीक्षण, प्रमाणीकरण स्वीकृत भएको औपचारिक पुष्टि गर्दछ। यो उपलब्धि कम्पनीको उच्च गुणस्तर, दीर्घकालीन टिकाउपन, सुरक्षित प्रयोग तथा आकर्षक डिजाइनप्रतिको प्रतिबद्धताको प्रमाण हो।

Prime Tiles का Wall तथा Floor टायलहरू घर, कार्यालय तथा व्यावसायिक भवनहरूका लागि उपयुक्त छन्। NS प्रमाणपत्र प्राप्तिसँगै Prime Tiles ले नेपाली निर्माण सामग्री उद्योगमा गुणस्तर विश्वसनीयताका नयाँ मापदण्डहरू स्थापित गरेको छ।

Prime Tiles ब्रान्ड प्राइम सेरामिक्स प्राइभेट लिमिटेड (PCPL) द्वारा प्रवर्द्धित हो, जुन सन् २०२१ मा स्थापना भएको नेपालको अग्रणी सिरेमिक टायल उत्पादन कम्पनी हो। रौतहट जिल्लाको बृन्दावन नगरपालिकामा अवस्थित अत्याधुनिक प्लान्टबाट फ्लोर वाल टायल दुवै उत्पादन गर्ने नेपालकै एकमात्र उद्योगका रूपमा PCPL सञ्चालनमा छ। वार्षिक ४० लाख वर्ग मिटर उत्पादन क्षमता अर्ब रुपैयाँभन्दा बढीको लगानीसहित कम्पनीले छोटो समयमै बजारमा सशक्त उपस्थिति जनाएको छ।

CMS Fortune Ventures जस्ता प्रतिष्ठित व्यावसायिक घरानाद्वारा प्रवर्द्धित PCPL देशभर १२० भन्दा बढी डिलरहरूको सञ्जालमार्फत ग्राहकसम्म पुगिरहेको छ।
“Prime: Tiles जोड्छ जीवन” भन्ने ब्रान्ड प्रतिज्ञाका साथ कम्पनी उच्च गुणस्तर, भरपर्दो सेवा दिगो विकासप्रति प्रतिबद्ध रहँदै आएको छ।

Prime Tiles —
गुणस्तर प्रमाणित, भरोसा सुनिश्चित।

Leave Your Comment

Related News