काठमाडौं । पीएफसीका सञ्जय कपाली र अनिल थाम्सुहाङको जोडी चौथो यलम्बर कप राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिताको भेट्रान ४५ वर्षमाथि पुरुष सिंगल्समा बिहीबार प्रिक्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
नखिपोट युथ क्लबको आयोजना तथा नखिपोट युथ क्लब ब्याडमिन्टन सर्कलको सह–आयोजनामा भइरहेको प्रतियोगितामा सञ्जय र अनिलको जोडीले एनवाइसीका चन्द्र लिम्बू र तुल्सी पुनको जोडीलाई २१–८ र २१–१९ को सोझो सेटमा पराजित गरे । नखिपोटस्थित आयोजककै कभर्डहलमा भइरहेको प्रतियोगिताको सोही स्पर्धामा एनपीएस भक्तपुरका असिम खड्का र सुरेन्द्र लामा, कास्कीका डोलराज आले र देव गुरुङ, वाइसीबीसीका जीवन गुरुङ र मधु गुरुङ, बालकुमारीका शान्ता डंगोल र ज्ञानु कुमाल, डम्बर लामा र लोक लामा, युनिटीका आकाश छन्त्याल र आङ कुसाङ शेर्पा, एपीएफका खुशु बुढाथोकी र चेतसिंह थापा, एनवाइसीका दिनेश राई र सौरव राणा तथा सामाखुशीका टीका थापा मगर र हीरा रोकाको जोडीले प्रिक्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।


