CLI

भुजुङ्ग हाइड्रोपावरको आइपीओमा कति पर्यो आवेदन ?

काठमाडौं । भुजुङ्ग हाइड्रोपावर लिमिटेडको आइपीओमा मागभन्दा ३७ गुणा बढीको आवेदन परेको छ।कम्पनीले माघ १२ गतेदेखि माघ १५ गतेसम्म सर्वसाधारणलाई खोलेको ८ लाख ३० हजार कित्ताको आइपीओमा मागभन्दा बढीको आवेदन परेको हो ।

यस निष्काशनमा २६ लाख ६५ हजार १ सय ७४ जनाबाट ३ करोड ७ लाख ८४ हजार ८ सय २० कित्ताको लागि आवेदन परेको छ । यो माग गरिएको भन्दा ३७.०९ प्रतिशत बढी हो । यस कम्पनीले लमजुङमा ७.५ मेगावाट क्षमताको माथिल्लो मिदिम जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०८१ वैशाखदेखि व्यापारिक उत्पादन गरिरहेको छ । यस कम्पनीका अध्यक्ष डा.खगेन्द्र प्रसाद ओझा हुन् भने प्रबन्ध निर्देशन माधव राज आचार्य हुन् ।

Leave Your Comment

Related News